खरसाङ: नेपालको सांगीतिक रियलिटी शो द भोइस किड्स सिजन तीनको फाइनलसम्म पुगेका खरसाङका आयुस लामा आज खरसाङस्थित घर आएका छन्। उनलाई आयुस लामा फ्यान क्लबको पदाधिकारीहरूले नेपालको काँकरभिट्टाबाट स्वागत गरेर ल्याएका थिए। आयुषलाई नेपालको काँकरभिट्टामा मै फ्यान क्लबको सदस्य सदस्याहरूले भव्य स्वागत गरेर पानीघट्टा हुँदै दुधे भएर खरसाङ ल्याएका थिए। आयुस लामा खरसाङ आईपुग्दा उनलाई खरसाङका जनताले भव्य स्वागत जनाएका थिए। खरसाङमा उनलाई खरसाङवासी, परिवारका सदस्यहरू, विद्यार्थीहरू र फ्यान क्लबको प्रतिनिधिहरूले खरसाङको रेलवे स्टेशनमा भव्य स्वागत जनाएका थिए। यस अवसरमा आयुष लामाले केही गीतहरू पनि गाएर आफ्ना सहयोगीहरू र खरसाङवासीलाई धन्यवाद दिएका छन्। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै आयुष लामा फ्यान क्लबको मुख्य व्यक्ति एंव संगीतकार रुपेस रसाईलीले विस्तृत रूपमा जानकारी गराएका छन्।










