सोनादा: आज संयुक्त शिक्षक संगठन,रंगबुल धोतरिया रङ्मुक समष्टिद्वारा नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न भएको छ। यस अवसरमा समष्टि अन्तर्गतका प्राथमिक अनि माध्यमिक विद्यालयका नानीहरुमाझ निबन्ध अनि कविता वाचन प्रतियोगिता पनि आयोजना गरिएको थियो। आजको कार्यक्रममा भाषा मान्यता दिवस मनाउनु मात्रै नभएर विद्यार्थीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च दिनु पनि थियो भन्दै जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले बताएका छन्। उनले समष्टिभित्रका प्रतियोगी विद्यालयका विद्यार्थीवर्ग अनि शिक्षक शिक्षिकाहरुलाई धन्यवाद दिदै भाषा दिवसको शुभकामना प्रकट गरेका छन्। कार्यक्रममा निबन्ध प्रतियोगिता र कविता वाचन प्रतियोगितामा सहभागिता जनाउने विद्यार्थीहरूलाई पारितोषिक पनि वितरण गरिएको छ।

पारितोषिकको रूपमा विद्यार्थीहरूलाई खाता पेन्सिलहरू र स्कूल ब्यागहरू पनि वितरण गरिएको थियो। यस अवसरमा विभिन्न समाजका प्रतिनिधिहरु, शिक्षक शिक्षिकाहरू, विद्यार्थीहरू र अभिभावकहरू पनि उपस्थित रहेका थिए।










