जटेश्वर लीलावती विद्यालयका विद्यार्थीहरुले आरजी कर घटनाको विरोधमा निकाले र्‍याली

IMG-20240820-WA0198

अलिपुरद्वार: आरजी कर अस्पतालमा एक महिला डाक्टरसँग निर्ममताको घटनालाई लिएर दुर्गम गाउँहरूमा विरोध शुरु भएको छ। त्यसको विरोधमा जटेश्वर लीलावती महाविद्यालयका विद्यार्थीहरु आज सडकमा उत्रिएका छन्। फलकाटा ब्लकको जटेश्वर लीलावती महाविद्यालयका विद्यार्थीहरूले मंगलबार विरोध र्‍याली निकालेका छन्। आरजी कर प्रकरणका वास्तविक दोषीलाई तत्काल पक्राउ गर्न माग गर्दै सम्बन्धित विश्वविद्यालयबाट जुलुस निकालियो। जुलुस जटेश्वरका विभिन्न क्षेत्र परिक्रमा गरी कलेजमा पुगेर समापन भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement