सिलगढी नगरनिगमकाले भत्कायो अवैध रूपमा निर्मित डेकोरेटरको गोदाम

photocollage_2024820154519283

सिलगढी: सिलगढी हानगरनिगम अन्तर्गतको वार्ड नम्बर ४० को शिवरामपल्ली क्षेत्रमा अवैध रूपमा निर्माण गरिएको डेकोरेटरको गोदामलाई सिलगढी नगरनिगमले आज भत्काइदिएको छ। गैरकानुनी निर्माण हटाउन महानगरपालिकाले दुईवटा सूचना दिए पनि गोदाम मालिकले केही अंश मात्रै हटाएका छन्। त्यसपछि आज नगरनिगमका कर्मचारी अवैध निर्माण भत्काउन पुगेका हुन्। यस विषयमा गोदाम सञ्चालक र नगरनिगमका पदाधिकारीबीच झडपसमेत भएको थियो भने गोदाम मालिकले सूचना पठाएपछि अवैध निर्माण भत्काएर प्रतिवेदन बुझाएको बताए। त्यसपछि नगरनिगमबाट कुनै जानकारी आएको छैन। आज समय नदिई गोदाम भत्काउन नगरनिगमका कर्मचारी पुगेपछि उनले आक्रोश पोखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement