चिली र कोलम्बियाविरुद्ध वर्ल्ड कप क्वालीफायरको दुईवटा म्याचमा मेस्सी नखेल्ने

IMG-20240820-WA0220

ब्यूनस आयर्स: स्टार फूटबलर लियोनल मेस्सी चोटले गर्दा अर्जेण्टिनाको तर्फबाट फिफा वर्ल्ड कप क्वालीफायरको अघिल्लो दुईवटा म्याचमा खेल्ने छैनन्। अर्जेण्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले ५ सेप्टेम्बरमा चिली र त्यसको ५ दिनपछि कोलम्बियाविरुद्ध खेलिने म्याचहरूका निम्ति आफ्नो २८ सदस्यीय टीमको घोषणा गरे। मेस्सीको दाहिने खुट्टाको चोट अहिलेसम्म निको भएको छैन। अर्जेण्टिना कोपा अमेरिका च्याम्पियन बनेपछि राष्ट्रिय टीमबाट सन्न्यास लिने ३६ वर्षीय एञ्जेल डी मारिया पनि टीममा छैनन्। वर्ल्ड कप च्याम्पियन अर्जेण्टिना अहिले ६ वटा म्याचमा १५ पोइण्ट्सको साथ दक्षिण अमेरिकी क्वालीफाईंगमा शीर्ष स्थानमा रहेको छ।
यसबीच पेरिस खेलहरूमा फ्रान्सलाई ओलम्पिक रजत पदक दिलाएपछि महान फूटबलर थियेरी हेनरीले प्रशिक्षक पद छोड़ेका छन्। फ्रान्सीसी फूटबल महासंघले बताएअनुसार, उनले व्यक्तिगत कारणहरूले गर्दा राजीनामा दिएका छन्। हेनरीको अनुबन्ध आउँदो सीजनसम्म रहेको थियो। उनले आउँदो महिनादेखि २०२५ यूरोपियन च्याम्पियनशीपको क्वालीफायरको निम्ति फ्रान्सको अण्डर-२१ टीमलाई कोचिंग दिन पुनः शुरु गर्नु थियो। हेनरीलाई उनको कामको निम्ति धन्यवाद दिँदै महासंघका अध्यक्ष फिलिप डायलोले उनको पेशादारपन, कड़ा मेहनत र राष्ट्रिय नीलो जर्सीप्रति प्रेमको प्रशंसा गरेका छन्। एक साल अघि पेरिस ओलम्पिकलाई ध्यानमा राखेर हेनरीलाई पदमा राखिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement