बोर्डर-गावस्कर टेस्ट सीरीजमा ग्रीन र मार्शले अधिक जिम्मेवारी लिने आशा व्यक्त गरे कप्तान कमिन्सले

IMG-20240820-WA0180

मेलबर्न: अष्ट्रेलियाई टेस्ट टीमका कप्तान प्याट कमिन्सलाई यस सालको अन्तमा हुने बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको अवधि अलराउण्डर क्यामरन ग्रीन र मिचेल मार्शले बलिंगमा अधिक जिम्मेवारी लिने आशा रहेको छ। यी दुईजना अलराउण्डरले नोभेम्बरमा शुरु हुने पाँचवटा टेस्ट म्याचको सीरीजमा टीमका अग्रणी पेस बलरहरूका कार्यभार साझा गरोस् भन्ने कमिन्सको इच्छा रहेको छ। कमिन्स अहिले इण्टरनेशनल क्रिकेटदेखि टाढ़ा ब्रेकमा रहेका छन्। उनी बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको निम्ति आफूलाई समय दिन चाहन्छन्। उनको करियरमा अहिले एकमात्र बोर्डर-गावस्कर ट्रफीको कमी रहेको कमिन्सले पहिला पनि बताइसकेका छन्। उनले एउटा कार्यक्रममा भने, टीममा अलराउण्डर रहनुको अलग फाइदा हुन्छ। गत केही सालदेखि हामीलाई उनीहरूलाई त्यति प्रयोग गर्न सकेका छैनौ, जति सोचेका थियौं। यो असल कुरा हो तर यस ग्रीष्मकालमा केही अलग हुनसक्छ। हामी ग्रीन र मार्शलाई बलिंगमा सामान्य अधिक जिम्मेवारी दिन सक्छौं।
कमिन्सले भने, ग्रीन जस्ता खेलाड़ीले शील्ड क्रिकेटमा बलरको रूपमा शुरुवात गरेका थिए तर टेस्ट क्रिकेटमा उनले अहिलेसम्म धेर बलिंग गर्नु परेको छैन। अहिले उनी पहिलाभन्दा परिपक्व भएका छन्। मेरो विचारमा हामी उनीमाथि सामान्य अधिक निर्भर रहनेछौं। २५ वर्षीय ग्रीनले आफ्नो करियरमा अहिलेसम्म २८ वटा टेस्ट म्याचमा ३५.५१-को औसतले ३५ विकेट लिएका छन्। कमिन्सले भने, पहिलो मुद्दा यी दुईजना (ग्रीन र मार्श)-ले केवल आफ्नो ब्याटिंगको दममा शीर्ष ६-मा स्थान बनाउन सक्छन् या सक्दैनन् भन्ने हुनेछ। हामीसँग नाथन लियोन जस्ता बलर रहेका छन्, जसलाई हामी धेरै ओभर गराउन सक्छौं। लायन जस्ता बलर टीममा रहनु भाग्यको कुरा हो। यसैकारण तपाईंको टीममा अलराउण्डर रहनु पर्छ भन्ने जरूरी छैन तर पाँचौं बलिंग विकल्पले अन्तर सृष्टि गर्न सक्छ। हामीसँग ग्रीन र मार्शको रूपमा बलिंगमा ६ वटा विकल्प रहेको छ। यो असल कुरा हो तर ब्याटिंग क्रमको शीर्ष ६-मा ब्याटरको रूपमा तपाईंले स्थान बनाउनु पनि अनिवार्य हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement