रोंगचोंग: पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा ओपन नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ३००० रुपियाँ तोकिएको छ। अग्रिम राशि भुक्तान गर्ने अन्तिम मिति ३० अगस्त रहेको छ। टुर्नामेण्टको गत संस्करणमा कालीझोड़ा युवा परिवार च्याम्पियन भएको थियो।
सम्पर्क विवरणः ७८७२६१६४७३, ७६७९२४२१५५, ९३३९१८३०७७









