झापा: सुनसरीको धरान उपमहानगरपालिका वडा नंम्बर १७ बस्ने २७ वर्षीय सुनिल साह सुनसरी र उदयपुर जोड्ने कोशी नदीको पुलमा स्कुटर राखेर नदीमा हाम फालेर बेपत्ता भएका छन्।
कोशी पुल स्थित प्रहरी बिटमा राखेको सिसी टिभीमा कैद भए अनुसार हिजो दिउसो ४ बजेर ३७ मिनेटको समयमा स्कुटर, हेलमेट, मोबाइल, पर्स कोशी पुलमा राखेर उनी कोशी नदीमा हाम फालेका थिए।
प्रहरीका अनुसार उनी सुनसरी र उदयपुर जोडने चतरा स्थित कोसी पुलमा हिजो ४ बजेर ३० मिनेटमा को ९ प ९८६५ नम्बरको स्कुटरमा चतरातर्फबाट आएका थिए। स्कुटर पुलको बिचमा रोकेर उनी ४ बजेर ३७ मिनेटमा पुलबाट हाम फालेको सिसी टिभी फुटेजमा देखिएको छ। प्रहरीका अनुसार कोशीमा हाम फाली बेपत्ता भएका सुनिलका मामा धरान १७ का गोबानध्वज नेपाली सम्पर्कमा आएका छन्।
उनी साँझ ६:३० बजे घटना स्थल कोशी पुल आएका छन्। मोबाइल र सिम कार्डमा आधारमा हेर्दा कोशीमा हाम फाल्ने व्यक्ति आफ्नो भान्जा सुनिल साह रहेको उनले पुष्टि गरेका छन्।
बुवा आमा नभएका सुनिल मामा घरमै बस्दै आएका थिए। पछि विवाह पश्चात् उनी धरान(१७ मामा घर छोडेर धरान(१६ मा डेरा लिएर श्रीमतीसँग बस्दै आएको मामा गोबानध्वज नेपाली ले जानकारी दिए। बेपत्ता भएका सुनिल गृल सम्बन्धी काम गर्ने गर्दथे।









