घरजग्गा कारोबार बढ्यो, राजस्व ३२ प्रतिशत वृद्धि

IMG-20240820-WA0078
झापा: चालु आर्थिक वर्षको पहिलो महिना घरजग्गा कारोबारमा गत वर्षको तुलनामा सुधार देखिएको छ। चालु आर्थिक वर्ष (आव) २०२४/२०२५ जुलाई -अगस्तमा घरजग्गा कारोबार र त्यसबाट प्राप्त हुने मालपोत कर (राजस्व) दुवैमा सुधार देखिएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जुलाई- अगस्तमा कुल ४३ हजार ८ सय ३५ लिखत पारित भएको छ। गत आव २०२३/२०२४ जुलाई – अगस्तमा ३९ हजार २ सय ६३ लिखत पारित भएकोमा चालु आव ११.६४ प्रतिशतले बढेको हो।
गत आव अन्तिम महिना जुन -जुलाईको तुलनामा भने जुलाई – अगस्तमा घरजग्गा कारोबार घटेको देखिन्छ। जुन – जुलाईमा ४४ हजार ५ सय ६९ लिखत पारित भएको थियो। घरजग्गा लिखत पारितसँगै मालपोत कर (राजस्व) पनि बढेको छ। चालु आव जुलाई – अगस्तमा ३ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ। जुन गत आवको सो अवधिको तुलनामा ३१.७७ प्रतिशतले धेरै हो।
जुलाई – अगस्त २०२३ मा घरजग्गा कारोबारबाट २ अर्ब ९१ करोड ४ लाख बराबर राजस्व प्राप्त भएको थियो। गत वर्षको तुलनामा राजस्वमा उल्लेख्य सुधार देखिए पनि गत जुन – जुलाईको तुलनामा भने घटेको छ। गत जुन – जुलाईमा ५ अर्ब २ करोड ३६ लाख राजस्व संकलन भएको थियो।
चालु आव मात्रै नभएर गत आवमा पनि आवको पहिलो महिनामा अघिल्लो महिनाको दाँजोमा घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्व उल्लेख्य घटेको देखिन्छ। जुन – जुलाई २०२३ मा ४ अर्ब २७ करोड ८३ लाख राजस्व संकलन भएकोमा जुलाई -अगस्त २०२३ मा २ अर्ब ९१ करोड ४ लाख मात्रै राजस्व संकलन भएको थियो।
चालु आव जुलाई – अगस्तमा प्राप्त ३ अर्ब ८३ करोड ५१ लाख राजस्वमध्ये २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रजिस्ट्रेसन दस्तुर छ। त्यस्तै १ अर्ब ३४ करोड ६९ लाख ४९ हजार पूँजीगत लाभकर प्राप्त भएको छ। २६ करोड ६८ लाख ६९ हजार सेवाकर प्राप्त हुँदा ३६ करोड ७८ लाख २८ हजार राजस्व छुट दिइएको विभागको तथ्यांक छ।
चालु आव जुलाई – अगस्तमा प्राप्त ३ अर्ब ८३ करोड ५१ लाख राजस्वमध्ये २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रजिस्ट्रेसन दस्तुर छ। त्यस्तै १ अर्ब ३४ करोड ६९ लाख ४९ हजार पूँजीगत लाभकर प्राप्त भएको छ। २६ करोड ६८ लाख ६९ हजार सेवा कर प्राप्त हुँदा ३६ करोड ७८ लाख २८ हजार रुपैयाँ राजस्व छुट दिइएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ।
विगतका महिना जुलाई – अगस्तमा पनि मधेशमा नयाँ सहरका रूपमा विकास हुँदै गरेको क्षेत्र अगाडि देखिएका छन्। जुलाई – अगस्तमा सबैभन्दा धेरै लिखत पारित इनरुवा मालपोत सुनसरीबाट भएको छ। उक्त कार्यालयबाट १ हजार ९ सय ४ लिखत पारित भएको विभागको तथ्यांक छ। यस्तै भूमि सुधार तथा मालपोत कार्यालय राजविराज सप्तरीबाट १ हजार ६ सय ८, बेलबारी मालपोत कार्यालय मोरङबाट १ हजार ५ सय २०, भद्रपुर मालपोत झापाबाट १ हजार ४ सय ६५ र जनकपुरधाम मालपोत कार्यालय धनुषाबाट १ हजार २ सय १५ लिखत पारित भएका छन्।
मलंगवा मालपोत कार्यालय सर्लाहीबाट १ हजार १९ लिखत पारित भएको छ। धनगढी मालपोत कैलालीबाट ९ सय ७० र सिरहा मालपोत सिरहाबाट ९ सय ६२ लिखत पारित भएको हो। घरजग्गा व्यवसायीहरू पनि तुलनात्मक रूपमा मूल्य कम भएका र सहरका रूपमा विकास हुँदै गरेका ठाउँमा जग्गा कारोबार उच्च रहेको बताउँछन्।
राजस्व संकलनमा भने काठमांडू भ्यालीका मालपोत अग्रस्थानमा छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार लगनखेल मालपोत ललितपुरबाट जुलाई – अगस्तमा ३४ करोड २७ लाख ४२ हजार राजस्व संकलन भएको छ।
यस्तै डिल्लीबजार मालपोत काठमांडूबाट २९ करोड ३९ लाख ६७ हजार राजस्व संकलन भएको छ। भक्तपुर मालपोत भक्तपुरबाट २३ करोड ३७ लाख २२ हजार, चाबहिल मालपोत काठमांडूबाट २२ करोड ४२ लाख ७७ हजार, कलंकी मालपोत काठमांडूबाट २२ करोड २७ लाख ८ हजार राजस्व संकलन भएको छ।
भ्याली पछि सिमरा मालपोत बाराबाट १७ करोड ३२ लाख ५७ हजार, कास्की मालपोतबाट १४ करोड ६९ लाख ८६ हजार र मालपोत कार्यालय चितवनबाट ११ करोड ७२ लाख ६४ हजार राजस्व संकलन भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement