मिरिक: मिरिक महकुमा अस्पतालद्वारा कलकत्तामा चिकित्सकमाथि भएको निर्मम हत्याकाे प्रतिवाद रैलीको आयोजना गर्दै महिला मृतक डाक्टरलाई श्रद्धाञ्जली अर्पण गरिएकाे छ। यस अवसरमा महिला डाक्टरको आत्मा शान्तिको लागि प्रार्थना पनि गरियाे। कोलकोतामा महिला डाक्टरको बलत्कार अनि हत्याको विरोधमा मंगलबार मिरिक महकुमा अस्पतालकाे आयाेजनामा एउटा प्रतिवाद रैली निकालियाे। जसमा अस्पतालका डाक्टर,नर्स, कर्मचारीहरू, आशार्मी लगायत विभिन्न स्कूलका विद्यार्थीहरू, संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। उक्त रैलीमा मिरिक महकुमा अन्तर्गत पर्ने उप स्वास्थ्य केन्द्रका डाक्टर अनि कर्मचारीहरूकाे पनि सहभागिता रहेकाे थियाे। रैली मिरिक महकुमा अस्पतालबाट शुरू भएर मिरिक बजार अनि कृष्ण नगरकाे परिक्रमा गरेपछि समाप्त गरियाे।

यस अवसरमा बाेल्दै अस्पतालका डाक्टरहरूले काेलकता घटनाकाे प्रतिवाद गर्न रैलीकाे आयाेजना गरिएकाे जानकारी गराउँदै महिला डाक्टर अनि परिवार पक्षले चाँडाेभन्दा चाँडाे न्याय पाउनुपर्छ भनी मांग गरेका छन्।डाक्टरहरूले अस्पतालमा कार्यरत महिला डाक्टर अनि कर्मचारीहरूकाे सुरक्षा हुनपर्ने माग गर्दै काेलकता घटनाकाे दाेषीले चाँडाेभन्दा चाँडाे सजाय पाउनुपर्छ भनी मांग पनि गरेका छन्।










