‘त्यो म होइन…’ तीस वर्ष पुरानो गीत म्युजिक भिडियोले बनायो ताजा     (हेर्नुहोस् भिडियो)  

WhatsApp-Image-2024-08-19-at-23.16.26

गान्तोक: गीत र संगीतले झ्वाम्मै छोपिहाल्न सक्ने ममता लामाको गीत ‘त्यो म होइन…’ तीन दशक अघि कोलकातामा रेकर्डिङ भएको थियोl समयको धारमा असल कुराहरू कुनै बेला कता गएर कहिले कसरी अल्झिन्छ, कहिले धमिलो पानीमा पर्दा देखिँदैनl यस्तै बेला बखतमा राम्रा गीत, राम्रा कुरा कानमा पर्दैनl तीस वर्ष अघि गान्तोक निवासी ममता लामाले गएकी गीत ‘त्यो म होइन…’ अब म्युजिक भिडियोको रुपमा सर्वसाधारणको अघि आइपुगेको छl सोमबार १९ अगस्तमा रक्षा बन्धनको शुभ अवसरमा  यो गीत सबैका लागि युट्युबमा गान्तोकको सिच्छेबाट सार्वजनिक गरिएको छl गीत उही तीस वर्ष अघिको हो, तर यसलाई म्युजिक भिडियोले ताजा बनाएको छl सुपरिचित कलाकार भानु रामुदामुद्वारा संगीतवद्ध यस गीतमा ममता लामाको स्वर, गायकी अनि संगीतले संगीतकै धारमा सललल बगाएर लैजान सकेको छl भायोलिन र स्याक्सोफोनले गीतलाई गजबले खुलाएको छl

तीस वर्ष अघिको स्वर, तीसको वर्ष अघिको संगीत, तीस वर्ष अघिको रेकर्डिङ अहिले म्युजिक भिडियोले  नयाँ ताजा महसुस गराएको छl यस गीतका रचनाकार हुन् पी के चामलिङl अहिले म्युजिक भिडियोमा गायिका ममता लामा आफै प्रस्तुत भएकी छिन् भने यसको निर्देशन पनि उनी आफैले गरेकी छिन्l यसको छायांकन र सम्पादन दीपक पाण्डेले गरेका छन्l यस म्युजिक भिडियोमा सहभागीहरू एस के प्रधान, पूर्ण सुब्बा, चार्ल्स सुब्बा, नरेन बरदेवा र के एस लामा रहेका छन्l उनीहरू सबैलाई ममता लामाले आभार प्रकट गर्दै धन्यवाद जनाएकी छिन्l

तीस वर्ष अघि गीत रेकर्डिङमा ममता लामा

ममता लामा एक जान खारिएकी गायिका हुन्l करिब दुई दशक अघि उनी सांगीतिक क्षेत्रमा सक्रिय थिइन्l उनका एक दर्जन भन्दा बढी गीतहरू रेकर्डिङ भइसकेका छन्l बेला बखत सोसियल मिडियामा उनको खाना र संगीतको जुगलबन्दी आइरहेको हुन्छl गीत गाउँदै खाना पकाउँदै गरेको भिडियो निक्कै रमाइलो हुन्छl उनले सिक्किममै रानीपूलमा दार्जीलिङबाट सर्वाधिक लोकप्रिय बनेको ब्याण्ड ‘कार्निभल’सित कार्यक्रम गरिसकेकी छिन्l सन् २००१ मा नेपालको पोखरामा भएको ‘चौतारी साँझ’को ‘इन्टरनेसनल न्यू इयर’ कार्यक्रममा पनि आफ्नो प्रस्तुति दिइसकेकी छिन्l सो कार्यक्रम नेपाल एसोसिएसन फर ब्लाइन्डलाई सहयोग पुर्याउन आयोजना गरिएको थियोl यस कार्यक्रममा सुपरिचित गायक सिरी कुमार पाख्रिन पनि थिएl हालमा ममता लामा सिक्किम सरकारको कल्चर डिपार्टमेन्टमा कार्यरत छिन्l पारिवारिक जिम्मेदारी र व्यस्तताका कारण उनी सांगीतिक यात्राबाट मोडिएकी थिइन्, तर अब उनी यो म्युजिक भिडियोबाट संगीतको यात्रालाई निरन्तरता दिन आएकी छिन्l

यो लिंक क्लिक गर्नुहोस् अनि सुन्नुहोस् र हेर्नुहोस् ‘त्यो म होइन’:

                

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement