क्याप-सिक्किमले गरे सम्पूर्ण सिक्किमे नागरिकहरूमा रक्षा बन्धन, ऋषि तर्पणी र जनैपूर्णिमाको शुभकामना व्यक्त

sentinelassam-english_2024-03_5240f6c7-2e2d-4de2-b461-31c59ed40e3c_images___2024_03_28T124243_126

गान्तोक: सिटिजन एक्सन पार्टी(क्याप)-सिक्किमले सम्पूर्ण सिक्किमे नागरिकहरूमा रक्षा बन्धन, ऋषि तर्पणी र जनैपूर्णिमाको शुभकामना व्यक्त गरेको छ।

क्यापले आज जारी विज्ञप्तिमा भनेको छ, आजको पर्वले चेली-बेटी र दिदी-बहिनीहरूको तर्फबाट माइती दाज्यु-भाईको रक्षाको खातिर बॉंधिने रक्षा सुत्रको विशेष महत्त्व बोकेको पाइन्छ।

आजको दिनलाई वैदिक हिन्दू परम्परामा श्रावणी पर्व पनि भनेर चिनन्छ। सिक्किमेली समाजले यस्ता महत्त्वपूर्ण दिनहरूलाई जातीय एकताको रूपमा मनाउनु पर्छ।

विज्ञप्तिमा अझ भनिएको छ, रक्षा बन्धन, ऋषि तर्पणी र जनैपूर्णिमा समाजका लागि अत्यधिक महत्त्वपूर्ण चाडपर्वहरू हुन्। यी चाडहरूले हाम्रो धर्म, संस्कृति र पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने काम गर्छ। यस्ता चाडपर्वहरूले हामीलाई हाम्रो सांस्कृतिक र धार्मिक जरा सम्झाउने मात्र होइन, हामीलाई एकअर्काप्रति जिम्मेवारी बोध पनि गराउॅंछ। यसरी यी पर्वहरू हाम्रो जीवनको अभिन्न अंग बनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement