दक्षिण अफ्रिकाविरुद्ध टी२० सीरीजको निम्ति वेष्ट इण्डिज टीमको घोषणा

IMG-20240819-WA0331

बारबाडोस: दक्षिण अफ्रिकाविरुद्ध ३ वटा म्याचको टी२० सीरीजको निम्ति क्रिकेट वेष्ट इण्डिजले १५ सदस्यीय टीमको घोषणा गऱ्यो जसमा स्टार अलराउण्डर आन्द्रे रसेललाई स्थान प्राप्त भएन। घरेलु मैदानमा भएको टी२० वर्ल्ड कपपछि ३६ वर्षीय रसेल द हण्ड्रेड-मा खेलिरहेका थिए। यसरी गत ३ महिनादेखि लगातार खेलिरहेको हुनाले उनले विश्राम गर्ने फसेला गरेका छन्। विण्डीज टीमका क्रिकेट निदेशक माइल्स बास्कोम्बेले बताएअनुसार, रसेललाई आराम र रिकवरीको आवश्यकता छ। यसरी पूर्व कप्तान जेसन होल्डर पनि टी२० सीरीजबाट बाहिर रहनेछन्। टी२० वर्ल्ड कपको अवधि ईंग्ल्याण्डविरुद्ध सुपर ८-को म्याचमा चोट लागेको हुनाले ओपनिंग ब्याटर ब्रेण्डन किंग पनि टीमबाट बाहिर रहनेछन्। साल २०२४-मा टी२० वर्ल्ड कपको अवधि एउटा म्याच नखेले पनि शिमरोन हेटमायरले टीममा स्थान कायम राखेका छन्। यी दुई टीमबीच टी२० सीरीज २४ अगस्तदेखि शुरु हुने छ।
वेष्ट इण्डिज टी२० टीम यसप्रकार छः रोवम्यान पावेल (कप्तान), ओबेद मकाय, गुडाकेश मोती, निकोलस पूरन (विकेटकीपर), शेरफेन रदरफोर्ड, रोमारियो शेफर्ड, रोस्टन चेज, एलिक अथानेज, फेबियन एलन, जनसन चार्ल्स, म्याथ्यू फोर्ड, शिमरोन हेटमायर, शाई होप, अकील होसेन, शमर जोसेफ

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement