राज्य चुनाउ आयोगका आयुक्तले गरे राज्यपाल माथुरसँग भेट

IMG-20240819-WA0328

गान्तोक: राज्य चुनाउ आयोगका आयुक्त केसी लेप्चा, सचिव दुष्यन्त परियारले आज राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा भेट गरे। ओम प्रकाश माथुरले सिक्किमको राज्यपालका रूपमा शपथ ग्रहण गरेपछि राज्य चुनाउ आयोगका आयुक्त र सचिवले पहिलो पल्ट शिष्टाचार भेट गरेका हुन्। राज्यपालाई राज्यको नयाँ राज्यपालको रूपमा शपथ ग्रहण गरेकोमा स्वागत जनाए। राज्यपालले सिक्किममा राज्य निर्वाचन आयोगको कार्यबारे जानकारी लिँदै उनीहरूसँग कुराकानी गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement