कोविड़ बङ्गाल: आज कोरोनाको ४०० नयाँ मामिला, ५५३ जना भए कोरोनामुक्त, ५ जनाकाे मृत्यु

SAVE_20210910_193613-1068x716.jpg

कोलकाता: पश्चिम बङ्गालमा कोरोना संक्रमण बढ्न थालेको छ। राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ४०० नयाँ मामिला अघि आएको छ भने आज यस रोगले ५ जनाको मृत्यु पनि भएकाे छ। यसरी नै यस अवधिमा ५५३ जना कोरोनामुक्त भएका छन्।

हालसम्म बङ्गालमा २१,०४,१६१ जना कोरोनाले संक्रामित भएको छन् भने २०,७८,४१४ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,४३५ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा १०,९७० जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,१८२,४७६ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.७८℅ र सकारात्मक दर ३.६५℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,५५७,६८७ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement