सिलगढी: नाइट एज आवर्स नामक गैरराजनीतिक संगठनले आरजी कार घटनाको विरोधमा कालो राखी बाँधेर न्यायको माग गरेको छ। सोमबार राखी पूर्णिमाको दिन सिलगढीको हास्मी चोकमा संगठनका सदस्यहरूले कालो राखी लगाएर विरोध प्रदर्शन गरेका थिए। यससँगै सर्वसाधारणलाई राखी बाँधाएर घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै सबैको हस्ताक्षर संकलन गरियो। उनीहरुले ती हस्ताक्षर मुख्यमन्त्रीसहित विभिन्न कार्यालयमा पठाउने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नेछन्। यसै अवसरमा आज हाश्मी चोकमा मानिसको भीड लागेको थियो।











