अखिल भारतीय नेपाली अनुसूचित जाति संघद्वारा महिला डाक्टरको हत्याको घटनाको कड़ा विरोध

IMG-20240819-WA0310

खरसाङ: अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाड महकुमा समितिकोएक जरूरी सभा खरसाङ महकुमा समितिको सभापति कमल सिलवालको सभापतित्वमा अनि प्रणय रोकाको सञ्चालनमा सम्पन्न भएको छ। सभामा कोलकोतामा महिला डाक्टरको बलत्कार अनि हत्याको विरोधमा रोष प्रकट गरिएको छ। भारतीय नेपाली अनुसूचित जाति संघको तर्फबाट पनि महिला डाक्टरलाई श्रध्दाञ्जली अर्पण गर्दै हत्यारालाई चाढोभन्दा चाढो पक्रन पर्ने र पिढीत महिला डाक्टरले न्याय पाउनुपर्छ भनी मांग गरिएको छ। सभामा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ खरसाङको उप सभापति सुष्मा सिंह अनि प्रतिमा खातीले नारी जातिमाथि भयको माहोल अन्त्य गर्नु पर्ने बताउँदै कोलकोतामा महिला डाक्टरको बलत्कार अनि हत्याको घटनाको कड़ा शब्दमा भर्त्सना जनाएको साथै महिला डाक्टरले न्याय पाउनुपर्छ भनी मांग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement