घुम्ती चियाबारीमा नेवारहरूद्वारा क्वाँटी पर्व पालन

IMG-20240819-WA0305

खरसाङ: महानदी ग्राम पञ्चायत अन्तर्गत घुम्ती चियाबारीमा प्रधान नेवारहरूको क्वाँटी पर्व पालन गरिएको छ। जनै पूर्णेको दिन पालन गरिने उक्त क्वाँटी पर्व घुम्ती कमानस्थित प्रधान समाज भवनमा पालन गरिएको छ। उक्त कार्यक्रममा प्रधान नेवार जातीय भेषभूषामा सजिएर सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ भने नेवारी परिकारहरू तयार पारेर क्वाँटी पर्व पालन गरिएको छ। यसै कार्यक्रममा घुम्ती कमान क्षेत्रमा नेवार जातिको उत्थान र उन्नतिमा विशिष्ट योगदान दिने स्थानीय चन्द्रकुमार प्रधानलाई सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै घुम्ती चियाबारीका ८० वर्षमाथिका वरिष्ठ नागरिकहरूलाई सम्मान जनाइएको छ। यस क्रममा ८९ वर्षीय जुल्फे प्रधान साथै पदमा प्रधान, कालुकुमार प्रधान, कृष्णमाया प्रधान, रामप्रकाश प्रधान आदिलाई सम्मान जनाइएको छ। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै घुम्ती चियाबारीको नेवार समाजको सचिव राजेन प्रधानले आज घुम्ती चियाबारीमा नेवारहरूको क्वाँटी पर्व पालन गरिएको र यसमा नेवारी परिकारहरू साथै नेवारी भेषभूषामा सजिएर सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको जानकारी गराएका छन्।

उनले यो क्वाँटी पर्व नेवारहरूले जनै पूर्णेको दिन आयोजना गर्ने गर्दछ भन्दै यसको मुख्य उद्देश्य अहिलेको पुस्तालाई यस विषयमा जानकारी गराउनु र विलुप्त हुनदेखि बचाउनु रहेको बताएका छन्।

About Author

Advertisement