खरसाङ गोर्खा पार्वत्य खेलकूद संघद्वारा सभासद नवराज छेत्रीलाई सम्मान

IMG-20240819-WA0290

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको एक प्रतिनिधि टोली सभापति मोहन योञ्जनको अगुवाईमा तीनधारेस्थित जीटीएको खेल अनि युवा मामिला विभागको एमओडी सभासद नवराज छेत्रीको घरमा पुगेका थिए। यस अवसरमा सचिव निर्मल गुरुङ, जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिताको संयोजक बिजय राई र अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए। विशेष गरी सभासद नवराज छेत्रीले गत २८ जुलाईमा भएको सातौं जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगितामा आफ्ना स्वर्गीय पिता हरिप्रसाद छेत्रीको स्मृतिमा आर्थिक सहयोग गरेका थिए। उक्त सहयोगको लागि खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको प्रतिनिधिहरूले आज तीनधारेस्थित घरमा नै पुगेर सभासद नवराज छेत्रीलाई खदार्पणसहित नेपाली टोपी पहिराएर स्मृति चिन्ह प्रदान गरी सम्मान जनाएका छन् भने उनकी मातालाई पनि शल ओढ़ाएर सम्मान जनाइएको जानकारी प्राप्त भएको छ। यस अवसरमा संघको सचिव निर्मल गुरुङले सातौं जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता आयोजना गर्न सहयोग गरेकोमा आभार प्रकट गरेका छन्। यस अवसरमा सभासद नवराज छेत्रीले आफ्नो स्वार्गीय पिता हरिप्रसाद छेत्रीको स्मरणमा टेबल टेनिस प्रतियोगिता आयोजना गरिदिएकोमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघलाई धन्यवाद दिएका छन् भने भविष्यमा पनि सहयोग गर्ने वचन दिएका छन्। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको प्रतिनिधि टोलीमा सभापति मोहन योञ्जन, सचिव निर्मल गुरुङ, टेबल टेनिस टुर्नामेन्टको संयोजक बिजय राई, कोषाध्यक्ष बसन्त सिंह, मोहन मोक्तान, मोहन राई, फुर्बा तामाङ, तारा छेत्री, दुर्गा छेत्री, राजेन गोले आदि उपस्थित रहेका थिए। यस अवसरमा संघको सचिव निर्मल गुरुङले बताए अनुसार खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा आगामी सेप्टेम्बर महिनाको दोस्रो सातादेखि अण्डर १४ नक आउट फुटबल टुर्नामेन्ट र एथलेटिक मिट आयोजना गरिने जानकारी पनि गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement