खरसाङ: युवा कल्याण अनि क्रीड़ा विभाग जीटीए साथै पश्चिम बंगाल सरकारको संयुक्त आयोजना अनि खरसाङ खण्ड पञ्चायत समितिको तत्वावधानमा घैयाबारीमा राखी बन्धन उत्सव २०२४ संस्कृति दिवसको रूपमा पालन गरिएको छ। उक्त कार्यक्रममा घैयाबारी क्षेत्रका नानीहरूलाई लिएर नृत्य प्रतियोगिता सम्पन्न भएको छ। यस नृत्य प्रतियोगितामा निर्णायकको रूपमा सरोजनी प्रधान र अनिला राई उपस्थित रहेका थिए। घैयाबारीको लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रममा सभाध्यक्षको रूपमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत उप प्रधान केवल राई अनि मुख्य अतिथिको रुपमा पञ्चायत प्रधान सुष्मा वाईबा उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रूपमा खरसाङ खण्ड युवा अधिकारी पेम्बा भोटिया, खरसाङ खण्ड पञ्चायत समिति सदस्य मौसम लामा लगायत घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत सदस्य सदस्याहरू उपस्थित रहेका थिए। विपन विश्वकर्मले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पञ्चायत समिति सदस्य वाङ्दी लामाले स्वागत सम्भाषण राखेका थिए। कार्यक्रममा राखी बन्धन उत्सव र संस्कृति दिवसको उद्देश्य र औचित्य विषयमा खरसाङ खण्ड युवा अधिकारी पेम्बा भोटियाले वक्तव्य राखेका थिए। कार्यक्रममा घैयाबारीका नानी सोहम बराईलीद्वारा भायोलिनमा धुन बजाएका थिए। कार्यक्रममा खरसाङ खण्ड पञ्चायत समिति सदस्य मौसम तामाङ, प्रमुख अतिथि घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा र सभाध्यक्ष उप प्रधान केवल राई आदिले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा राखी बन्धन उत्सव अन्तर्गत उपस्थित अतिथिहरूलाई राखी बाँधिदिएर राखी बन्धन उत्सव पालन पनि गरिएको छ। कार्यक्रममा नारी जनकल्याण समिति घैयाबारीद्वारा सामुहिक नृत्य प्रस्तुत गरिएको थियो। त्यसरी नै कार्यक्रममा नारी जनकल्याण समितिको वरिष्ठ सदस्या सकुन राईले जोशपूर्ण नृत्य प्रस्तुत गरेका थिए। उनलाई कार्यक्रममा सम्बर्ध्दना पनि जनाइएको थियो। घैयाबारीमा सम्पन्न राखी बन्धन उत्सव कार्यक्रममा सम्पन्न भएको सांस्कृतिक नृत्य प्रतियोगिता कार्यक्रममा प्रथम मिङमार तामाङ, दोस्रो परी राई र तेस्रो स्वीकृति गुरुङ भएका छन्। पहिलो दोस्रो र तेस्रो हुनेहरूलाई कार्यक्रममा अतिथिहरूका बाहुलीबाट पारितोषिक वितरण गरिएको छ।

कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत सदस्यहरू क्रमैले अनिल तामाङ, महेश छेत्री, उमेश थापा, मिट्ठु तामाङ राई, चन्दना तामाङ, सुनिता गजमेर लगायत विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू र स्थानीयहरू उपस्थित रहेका थिए। घैयाबारीमा सम्पन्न राखी बन्धन उत्सव कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ खण्ड पञ्चायत समितिको खेलकूद विभागका कर्माध्यक्ष वाङ्दी लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।










