तुफानगञ्जदेखि सिताईसम्म बस सेवा शुरु

IMG-20240819-WA0275

कोचबिहार: तुफानगञ्जका जनताको लामो समयदेखिको माग पूरा भएको छ। अन्ततः तुफानगञ्जदेखि सिताईसम्म बस सेवा शुरु भएको छ। तुफानगञ्ज-१ ब्लक संयुक्त विकास अधिकारी मोहम्मद तौफिक अलीले सोमबार कालीबारी नयाँ बस स्ट्यान्डबाट औपचारिक रूपमा बसको उद्घाटन गरे। सो अवसरमा तुफानगञ्ज डिभिजनल मोटर ओनर युनियनका अध्यक्ष सन्तोष साहले तुफानगञ्जवासीले बक्सिरहाटदेखि बलरामपुर दिनहटा र तुफानगञ्ज हुँदै सिताईसम्म बस सेवा शुरु गर्न लामो समयदेखि माग गर्दै आएको बताए। अन्ततः यहाँका जनताको लामो समयदेखिको माग पूरा भएको छ, आजबाट तुफानगञ्ज बस स्टेन्डबाट बस सेवा शुरु भएको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement