बेपत्ता भएका सिलगढी निवासी गौतम दासको शव भेटियो

IMG-20240819-WA0259

 सिलगढी: गत १४ अगस्त देखि बेपत्ता सिलगढी निवासी गौतम दासको शव फुलबारी नहरबाट फेला परेको गौतम दासको पत्नीले बताए। फुलबारी गजलडोबा टिस्टा नहर क्षेत्रमा घुम्न गएका थिए, र रहस्यमय रुपमा बेपत्ता भएका थिए। त्यसपछि विपद् व्यवस्थापन समूहसँग मिलेर टिस्टा नहरमा खोजी गर्न गएको पुलिसले फुलबारी ब्यारेजको ताला नम्बर एकमा शव देखेको थियो। परिवारले शव गौतमकै भएको पहिचान गरेका थिए। पुलिसले शव बरामद गरी उत्तर बंगाल मेडिकल कलेज अस्पतालको शवगृहमा पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement