सिलगढी: सिलगढीमा कोइलाले भरिएको ट्रेलर नियन्त्रण गुमाएपछि सडक किनारमा पल्टिएको छ। घटना सोमबार बिहान करिब ६ बजे सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको जातिकाली जंक्शन नजिकको क्षेत्रमा भएको हो। घटनाका कारण राष्ट्रिय राजमार्गमा चरम ट्राफिक जाम भएको छ। राजस्थानबाट कोइला बोकेको ट्रेलर भुटानतर्फ जाँदै गरेको जाटिकाली जंक्शन नजिकैको इलाकामा नियन्त्रण गुमाएर सडक किनारमा पल्टिएको हो। यद्यपी यस घटनामा कुनै हताहतीको खबर आएको छैन। खबर पाएलगत्तै फुलबारी राजमार्ग ट्राफिक पुलिस घटनास्थल पुग्यो। पुलिसले ट्रेलर बरामद गरी सम्पूर्ण विषयमा अनुसन्धान शुरु गरेको छ।









