राज्य सरकारको पहलमा बाघाजतिन पार्कमा रक्षा बन्धन मनाइयो

IMG-20240819-WA0218

सिलगढी: दाजुभाई र दिदीबहिनीबीचको प्रेमको प्रतीकका रुपमा मनाइने पर्व रक्षा बन्धन आज देशभर मनाइँदैछ। हिन्दू धर्ममा रक्षाबन्धन पर्वको विशेष महत्व छ। वैदिक क्यालेन्डर अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पक्षको पूर्णिमाका दिन रक्षा बन्धन पर्व मनाइन्छ। यो पर्व देशसँगै सिलगढीमा पनि भव्यताका साथ मनाइँदैछ।

यसै सिलसिलामा पश्चिम बंगाल सरकारको युवा कल्याण तथा खेलकुद विभागको पहलमा सिलगढीको बाघजातिन पार्कमा यो पर्व मनाइयो। रक्षा बन्धन दिवसलाई बंगाल सरकारले संस्कृति दिवसको रूपमा मनाउँदै आएको छ। यस रक्षा बन्धन पर्वमा मेयर गौतम देव लगायतका पार्षदहरुको समेत सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement