हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड गोरुबथान खण्डको भ्रमणमा

a0a2d8c3-ab76-427b-9308-684b2ef280af

गोरुबथान – हाम्रो पार्टीका संस्थापक अध्यक्ष अजय एडवर्ड आज आफ्ना दलबलसहित गोरुबथान आइपुगेका छन्। हाम्रो पार्टीका कार्यकर्ताहरूले तिनलाई स्पेशल गोलाईदेखि नै स्वागत जनाएर गोरुबथानमा भित्राए। स्पेशल गोलाईमा हाम्रो पार्टीका सदस्यहरूले तिनलाई खदा-माला गरी स्वागत जनाएका थिए। त्यसपछि तिनी विगत केही दिन अघि स्पेशल बन-बस्तीका एकजनाको घर आगलागीमा ध्वस्त भएको थियो। सोही घरका परिवारसित भलाकुसारी गर्न त्यहाँ पुगे।

पानडाडामा पनि हाम्रो पार्टीका कार्यकर्ताहरूले खदा-माला गरी स्वागत जनाएपछि तिनी धर्मशालास्थित पार्टी कार्यालयमा पुगे। त्यहाँ आफ्ना कार्यकर्ताहरूसित केही बेर कुराकानी गरेर माल वस्तीस्थित एउटा विद्यालयको प्रेक्षागृहमा सर्वसाधारणसित भेट गर्न पुगे। टाडा टाडाबाट आएका मानिसहरूसित भेट गरे तिनीहरूको दुखेसो, समस्याहरू सुने। विद्यालयका प्रेक्षागृहमा सम्पन्न भेटघाट कार्यक्रमको सन्चालक जोन ब्रिटो ब्यानर्जीले गरेका थिए। यस भेटघाट कार्यक्रमलाई प्रमोस्कर ब्लोनले पनि सम्बोधन गरेका थिए। यहाँको भेटघाट कार्यक्रम सकिएपछि उनी आफ्ना कार्यकर्तालाई लिएर बडा फागु, नीम बस्ती, झण्डी , मायालु बस्ती,पनि भ्रमण गर्ने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement