अमृतसर: पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले हालै सम्पन्न पेरिस ओलम्पिकमा काँस्य पदक जित्ने पञ्जाबका हकी खेलाड़ीहरूलाई आइतवार १-१ करोड़ रुपियाँको नगद पुरस्कारले सम्मानित गरे। भारतीय पुरुष हकी टीमले पेरिसमा काँस्य पदकको म्याचमा स्पेनलाई २-१-ले पराजित गरेको थियो। टीमले यसअघि टोक्यो ओलम्पिकमा पनि काँस्य पदक जितेको थियो। पञ्जाबका मुख्यमन्त्री मानले भारतीय पुरुष हकी टीममा सामेल राज्यका ८ जना खेलाड़ीलाई १-१ करोड़ रुपियाँको चेक प्रदान गरे। यसरी नै ओलम्पिकमा हिस्सा लिने राज्यका अन्य खेलाड़ीहरूलाई पनि १५-१५ लाख रुपियाँको पुरस्कृत गरे। यस अवसरमा मानले भने, मैले भारतीय टीमको हरेक म्याच हेरे अनि यी खेलाड़ीहरूले असाधारण प्रदर्शन गरी सबैलाई गौरवान्वित अनुभव गराए। ओलम्पिकमा पदक जित्नु हरेक देशवासीको निम्ति एउटा सपना साकार हुनु बराबर हो। भारतीय हकी आफ्नो पुरानो गौरव फर्काएर ल्याउने बाटोमा रहेको छ। यसको साथमा उनले नोभेम्बरमा मोहालीमा चारदेशीय हकी टुर्नामेण्ट आयोजन गर्ने विचार व्यक्त गरे अनि यसबारे हकी इण्डियाका अधिकारीहरूसँग कुरा गर्ने बताए। उनले भने, राज्य सरकार खेलकुदलाई प्रोत्साहित गर्न मन लगाएर काम गरिरहेको छ अनि खेलाड़ीहरूलाई प्रत्येक सुविधाहरू प्रदान गर्ने प्रयास जारी रहेको छ।









