रक्षाबन्धनको साइत सोमबार १ बजेर ३१ मिनेट पछि मात्र

IMG-20240819-WA0089

झापा: पाञ्चाङ्ग निर्णायक समितिले समयमै ऋषितर्पणी रक्षाबन्धनको शुभ साइत निर्धारण नगरिदिँदा यस वर्षको ऋषितर्पणी तथा रक्षाबन्धनको शुभ साइतका बारेमा जनमानसमा भ्रम उत्पन्न भएको छ।
ऋषितर्पणीका दिन मध्यान्ह १ः३१ बजेसम्म भद्रा नक्षत्र परेको भन्दै रक्षाबन्धन तथा ऋषितर्पणीको कर्म गर्न नहुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। निर्णाय समितिले विज्ञप्ति जारी गर्दै २०२४ साल अगस्त १९ सोमबार श्रावणशुक्ल पूर्णिमाका दिन गरिने मणस्नान, उपाकर्म नूतन प्रज्ञोपवीतधारण ऋषितर्पणी एवं रक्षाबन्धन आदि कृत्यहरुको काल सम्वन्धमा विभिन्न सामाजिक सञ्जालमा उठेका तर्कहरूले सर्वसाधारण जनतामा भ्रम पैदा भैरहेकोउल्लेख गरेको छ।
विज्ञप्तिमा अगस्त १९सोमवार पूर्णिमा तिथि ४० घद्धि १९ पला रहेको र घण्टा मिनेटअनुसार त्यस दिन दिउसो ११ः३१ बजेसम्म भद्रा नक्षत्र जनाइएको छ। भद्रामा श्रावणीसम्वन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामवाट राजा बर्यात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं शहरको नाश हुन्छ भन्ने विषय स्पष्ट उल्लेख भए‌को समितिले स्पष्ट पारेको छ।
‘गणस्नान आदि उपाकर्मका समस्त कर्म र रक्षावन्धनको पनि पूजनादि गर्न हुने तर रक्षा सूज्ञमात्र पूर्वोक्त व्यक्तित्वहरूले बान्न नहुने हुँदा भद्रापछि बाँध्न उचितत हुने शास्त्रीय व्यवस्था र परम्परा पनि रहेको देखिन्छ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement