हेलिकप्टर मार्फत कनकाई ओर्लिए कालीबाबा

IMG-20240819-WA0005

झापा: प्रख्यात कालीबाबा (कालिदास दाहाल) झापाको कनकाई आएका छन्। हेलिकप्टर मार्फत आएका कालीबाबा भखैरै हेप्पीलेण्डमा ल्याण्ड गरेका छन्। उनलाई भव्य स्वागत गरिएको छ।
प्राप्त सूचना अनुसार केहिवेर हेप्पीलेण्ड अवलोकन गरेर उनी झापाको धार्मिकस्थलहरु पुग्ने कार्यक्रम रहेको छ। कोटिहोम, सताक्षीधाम दर्शन गरेर उनी इलामको चेप्टी र सन्दकपुरसम्म जाने कार्यक्रम रहेको बुझिएको छ। उनको आगमनस्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ। उनलाई स्थानीय अगुवा र हेप्पीलेण्डका सञ्चालकले स्वागत गरेका थिए।
इलाम प्रहरीका अनुसार औपचारिक भ्रमण बारे कुनै जानकारी छैन। प्रहरीलाई प्राप्त अनौपचारिक सूचना अनुसार चेप्टी र सन्दकपुर जाने तय भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement