सिलगढी: सिलगढी नगर निगमको पहलमा आज चेस एकेडेमीको उद्घाटन गरियो। जानकारी अनुसार यो चेस एकेडेमी सिलगढीको इन्डोर स्टेडियम नजिक सुरु गरिएको हो। जसको उद्घाटन सिलगढीका मेयर गौतम देव र चेस ग्रान्डमास्टर दिव्यान्दु बरुआले गरेका थिए। यस अवसरमा सिलगढी नगर निगमका अध्यक्ष प्रतुल चक्रवर्ती, मेयर काउन्सिलर दिलीप बर्मन र अन्य व्यक्तिहरू उपस्थित थिए। यससँगै डुअर्स ह्युमन केयर सोसाइटीले दार्जिलिङ जिल्ला चेस संघ र नगर निगमको सहकार्यमा आज खुल्ला चेस प्रतियोगिता पनि आयोजना गरेको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




