सिलगढीको लजबाट एक व्यक्तिको मृतदेह फेला

IMG-20240815-WA0063

सिलगढी: प्रधाननगर पुलिस थाना अन्तर्गतको जंक्शनस्थित लजबाट एक व्यक्तिको झुण्डिएको लाश फेला परेको छ। मृत्यु हुनेको नाम जिलाप शेर्पा (४०) हो। उनी कालिम्पोङ जिल्ला अन्तर्गत जलढकाका बासिन्दा थिए। जानकारीका अनुसार जिलाप विगत १६ दिनदेखि उक्त लजमा बस्दै आएका थिए। लज व्यवस्थापनले आज दिउँसो यस विषयमा पुलिसलाई जानकारी गराएको थियो। खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर लाश बरामद गरी सिलगढी जिल्ला अस्पतालमा पठाएको थियो। यता, खबर पाएलगत्तै मृतकका आफन्त घटनास्थलमा पुगेका थिए। जिलापले आफ्नो परिवारका सदस्यलाई फोनमा सन्देश पठाएको बताइएको छ।उसले फोनमा “अब बाँच्न मन छैन” भनेर लेखेको थियो। लाशको पोष्टमार्टम भोलि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा गरिने बताइएको छ। अहिले प्रधाननगर पुलिस थानाले घटनाको सम्पूर्ण अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement