उत्तरेमा अज्ञात व्यक्तिको शव फेला

IMG-20240818-WA0259

गेजिङ: सिंहलिला रेन्जमा पर्ने हाँगेपानीमा उत्तरेमा एउटा पुरुषको शव फेला परेको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन। पश्चिम सिक्किमको उत्तरे पुलिस चेकपोस्ट अन्तर्गत सिंहलिला रेन्जमा पर्ने हाँगेपानी भन्ने ठाउँमा शनिबार एउटा अपरिचित पुरुषको शव फेला परेको छ। भारत नेपाल सिमा क्षेत्रमा फेला परेको मृतकको पहिचान भने खुल्न सकेको छैन। उक्त पुरुषको उमेर अन्दाजी ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ। मृतकको उचाई करिब ५ फिट रहेको छ। लास भेटिने बेला उनले निलो सट र कालो हाफ प्यान्ट लगाएको थियो। यदि कसैको साथी, परिवारको सदस्य, वा आफन्त केही दिनदेखि सम्पर्कमा छैन भने, कृपया उत्तरे प्रहरी चौकीमा सम्पर्क गर्न अनुरोध गरिन्छ। मृतकको पहिचान र घटनाबारे थप जानकारीका लागि प्रहरी चौकीले छानबीन गरिरहेको छ।

About Author

Advertisement