चौथो आइरन मेन अनि वुमेन च्याम्पियनशीप सेप्टेम्बरमा

IMG-20240818-WA0258

गान्तोक: सिक्किम पावर लिफ्टिङ एसोसिएसनको पहलमा आगामी सेप्टेम्बर महिनामा चौथो आइरन मेन अनि वुमेन्स प्रतियोगिता आयोजना गर्ने भएको छ। आज राजधानीस्थित जर्नलिस्ट युनियन अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई उक्त कुराको जानकारी गराइएको हो। पत्रकारहरूलाई सम्बोधन गर्दै संस्थाका प्रचार सचिव रजत शर्माले उक्त घोषणा गरेका हुन्। उनले जानकारी दिए अनुसार यो प्रतियोगिता पुरुष अनि महिला दुवैका लागि साथै मास्टर, जुनियर, सव जुनियर आदि विभिन्न वर्गमा आयोजना गरिने छ। यो प्रतियोगिता आगामी १३-१५ सेप्टेम्बरसम्म नरबहादुर भण्डारी डिग्री कलेजको प्रेक्षागृहमा सम्पन्न हुने अनि सो प्रतियोगितामा अन्य राज्यहरुबाट पनि सहभागिता जनाउन खेलाडीहरु आउने उनले जानकारी दिएका छन्। उनले यस पत्रकार सम्मेलन मार्फत सम्पूर्ण खेलाडीहरुलाई पूर्ण तयारीका साथ अनुशासित ढंगमा खेल खेलिदिने आह्वान गरेका छन्। खेलाडीहरुलाई आकर्षक पारितोषिक पनि प्रदान गर्ने कुरा बताउँदै खेलाडीहरुलाई विशेष गरेर प्रपर प्लेयर किट्समा आइदिने अनुरोध पनि गरे। यस प्रतियोगितामा निर्णायकहरु पनि अनुभवी साथै बाहिरबाट आउने उनले थप बताएका छन्। यसरी नै महासचिव देवेन्द्र बस्नेतले आफ्नो मन्तव्य राख्ने क्रममा यस कार्यक्रमका प्रमुख संरक्षक मन्त्री अरुण उप्रेती तथा अन्यलाई सहयोगका लागि कृतज्ञता प्रकट गरे। यस कार्यक्रमबारे विस्तृत जानकारी दिने क्रममा उनले यो एसोसिएसन २०१९ मा स्थापना भएको र हालमा पावर लिफ्टिङ इण्डियामा समावेश भएर कार्य गरिरहेको कुरा बताए। यसपाली आयोजना हुन गइरहेको प्रतियोगिताको खुल्ला वर्गमा मेघालय, आसाम, उत्तर प्रदेश, पश्चिम बंगाल अनि दिल्लीबाट पनि खेलाडीहरुको सहभागिता रहने उनले जानकारी दिएका छन्। सिक्किमबाट लगभग १८० देखि २०० जना खेलाडीहरुको सहभागिता रहने जानकारी दिए।
एसोसिएसनका सह कोषाध्यक्ष तारा प्रधानले हालसम्म एसोसिएसनलाई साथै सिक्किमको खेल क्षेत्रमा सहयोग पुऱ्याउँदै आएकोमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement