युनाइटेड एफसी दार्जीलिङ र आरयूएफसी रिषिहाट विजयी

photocollage_2024818224411129

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीग संक्षिप्त ब्रेकपछि पुनः शुरु भयो। आइतवार दुईवटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको दिनको पहिलो म्याच (जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन फूटबल लीग)-मा रिषिहाट युनाइटेड फूटबल क्लबले भाह तकभर फूटबल क्लबलाई ५-३-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचमा नेहाल राई र शेखर राईले २-२ गोल गरे। एउटा गोल आत्मघाती रह्यो। यसरी भाह तकभर एफसी-बाट रुपम तामाङ, प्रशान्त तामाङ र साम्देन तामाङले १-१ गोल गरे। दोस्रो म्याच (डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीग)-मा युनाइटेड एफसी दार्जीलिङले युनाइटेड रंगबुल फूटबल क्लबलाई ५-२ ले पराजित गऱ्यो। विजेता टीमबाट छोग्येल तामाङ, राज राउथ, नयन प्रधान, गणेश लिम्बु र सत्यम राईले १-१ गोल गरे। यसरी युनाइटेड रंगबूलबाट अयुष राई र रोहन राईले गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान र अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement