पशुसखीहरुको लागि ए-हेल्फ प्रशिक्षण

IMG-20240818-WA0246

गान्तोक: सिक्किममा पशुसखीहरुको सशक्तिकरणको लागि ए-हेल्फ प्रशिक्षणको समापन गरिएको छ। भारत सरकारको मत्स्यपालन, पशुपालन तथा दुग्ध उत्पादन मन्त्रालयको सहयोगमा प्रशिक्षण शुरु गरिएको हो। जसमा पशुसखीहरुलाई १६ दिने ए-हेल्फ प्रशिक्षणको व्यवस्था गरिएको छ। यसको आयोजन राज्य सरकारको पशुपालन विभागले सोकेथाङ प्रशिक्षण केन्द्रमा सञ्चालन गरेको छ। ए-हेल्पको माध्यमबाट पशु चिकित्सा अधिकारीहरू र पशुपालन कृषकहरूबीच समन्वय गर्नमा मदत मिल्ने आशा गरिएको छ। सिक्किम ग्रामीण आजीविका मिशनबाट पच्चीस पशुसखीहरूले पशु ह्यान्डलिङ, आवास र रासन सन्तुलनमा अभिमुखीकरण सत्रहरूमार्फत जानकारी लिइरहेका छन्। प्रशिक्षणको क्रममा मामरिङको गौशाला, सियारी बाख्रा फार्म र सिक्किम मिल्क यूनियनको भ्रमण पनि गराएका थिए। प्रशिक्षणको समापन कार्यक्रममा प्रोजेक्ट डाइरेक्टर डा. शरमान राई, पशुपालन विभागीय सचिव डा. आनन्द थापा अनि गुजरातबाट आएका पशुपालन विभागका प्रतिनिधिहरु पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement