टीएनए भूतपूर्व विद्यार्थी सङ्घद्वारा स्वास्थ्य शिविरको आयोजना

IMG-20240818-WA0244

गान्तोक: टाशी नामग्याल एकाडेमी (टीएनए) को भूतपूर्व विद्यार्थी सङ्घको तत्वावधानमा आज उत्तर सिक्किमको जङ्गु क्षेत्रअन्तर्गत लिङ्गदोङ स्कूलमा निःशुल्क स्वस्थ्य शिविर आयोजना गरियो। शिविरमा स्थानीय २१३ जना गाउँलेले स्वस्थ्य जाँच गराए। यस शिविरमा बिरामीहरूको जाँच गर्न राजधानीबाट १० जना चिकित्सकहरूको टोली जङ्गु पुगेका थिए। टीएनए पूर्व विद्यार्थी सङ्घले यसको निम्ति ती चिकित्सकहरूप्रति आभार व्यक्त गरेको छ। यसकासाथै आगामी दिनमा पनि एसोसिएशनले यसरी नै स्वस्थ्य शिविरहरू आयोजना गर्ने प्रतिबद्धता पनि जाहेर गरेको छ।

About Author

Advertisement