७ महिनाको परिश्रमपछि बालुवास पुल उदघाटन

IMG-20240818-WA0239

दार्जीलिङ: लगभग ७ महिनाको लामो अथक परिश्रमपछि सामाजिक अनुदान अनि हाम्रो पार्टीको सहयोगमा निर्माण गरिएको बालुबास पुलको आज विधिवत उदघाटन गरियो। दार्जीलिङ-बिजनवारीगामी छोटो दुरीमार्फत जोड्ने उक्त खोलामा मानिसहरू हिड्न सक्ने झोलुङ्गे पुल मात्र थियो भने एकताका पक्का पुल निर्माण गर्ने योजना पनि कारणवश अधुरो हुन गएको थियो। हर्षोल्लासका साथमा गरिएको पुल उदघाटन कार्यक्रममा अजय एडवार्डसको साथ जिल्ला कंग्रेस प्रभारी डा मुनिष तामाङ अनि क्षेत्रीय सभासद प्रतिमा सुब्बा मुख्य रूपले उपस्थित थिए। पर्यटन होस् या ग्रामीण क्षेत्र, हाम्रो पार्टीले सीजन शुरू हुनअघि भिजन लिएर काम गर्नेछ। किनभने आम जनता एक भएमा कुनै कुरा पनि असम्भव छैन एडवार्डसले जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement