सोनादा टुङ समष्टिले राष्ट्रिय राजमार्गमा लगाए कालो झण्डा

IMG-20240818-WA0238

सोनादा: राष्ट्रिय राजमार्गमा कालो झण्डा लगाउने कार्यलाई तीब्र पार्दै निमा लामाको नेतृत्वमा सोनादा लोवर चटकपुरदेखि सन्त मेरिजसम्म कालो झण्डा लगाएका छन्। यसै क्रममा सन्तोष सुब्बाले मिडियालाई सम्बोधन गर्दै भने, हामी गोर्खाहरु खुसी छैनौं भारत सरकारले अब न्याय दिनु पर्छ
गोर्खाहरु भारतको संविधानको मुलधारामा बग्नु चहान्छ। गोर्खाहरु खुसी छैन भारत सरकार न्याय देउ भन्दै राष्ट्रिय राजमार्गमा कालो झण्डा लगाएका हौं। हाम्रो मांग भनेको गोर्खाहरुले संवैधानिक ब्यवस्था चाहेको हो। देशको निम्ति मरिहत्ते गर्दै आफ्नो प्राणको आहुती दिने गोर्खाहरु आफ्नै माटोको अधिकारको निम्ति लड्दै शहीद बने तर गोर्खाहरुले न्याय कहिले पाउने? कालो झण्डा लगाउनुको अर्थ हामी खुसी छैनौं अनि अर्को अर्थ गोर्खा एकताको प्रतिक पनि हो भन्ने पार्टी अध्यक्ष मन घिसिङले आफ्नो पार्टीको झण्डालाई पनि पर सारेर सन्देश दिएको हो। जब जातिनै संकटमा छ भने पार्टीको झण्डालाई पर सारेर सबै एक भएर अगि आउनु पर्छ। जब जातिले निकास पाउछ तब राजनैतिक दलको झण्डा लिएर राजनीति गर्दा हुन्छ। गोर्खाहरुको उन्मुक्ति होस् भन्ने हेतुले केन्द्रमा रहेको बिजेपी सरकारलाई गोर्खाहरुले सघाएको पनि बीस बर्षमा टेक्दैछ तर अहिले सम्म भारत सरकार मौन छ। अब युवा शक्ति जाग्नु पर्छ पहाडमा युवा निरास छन् पलायन भएका छन् कहिले सम्म हामी यसरी बस्ने अब हाम्रो युवा पीडिहरुको निम्ति जाग्नु पर्छ भारत सरकारलाई चाप सृष्टि गर्नु पर्छ ।अब भारत सरकार बोल्नु पर्छ यदी न्याय दिनु सक्दैन भने पनि बताउनु सक्नु पर्छ भनी सन्तोष सुब्बाले आफ्नो बिज्ञप्तिमा जाहेर गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement