नक्सलबारीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

IMG-20240818-WA0216

सिलगढी: नक्सलबारीको मणिराम ग्राम पञ्चायतले निजी अस्पतालहरूसँगको सहकार्यमा क्षेत्रका मानिसहरूका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। आइतबार सिलगढीको एक निजी अस्पतालको सहयोगमा मणिराम ग्राम पञ्चायत हलमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।

शिविरमा विभिन्न चिकित्सकहरुले रगत, सुगर, ब्लड प्रेसर र निशुल्क औषधीसहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्। सिलगढी महकुमा परिषदका  प्रमुख अरुण घोष र मणिराम ग्राम पञ्चायतका प्रमुख गौतम घोषले शिविरमा मानिसहरूसँग कुरा गरे। मणिराम ग्राम पञ्चायतले डेंगु मुक्त ग्राम पञ्चायतका रूपमा काम गरे पनि यो शिविर जनताको स्वास्थ्यका बारेमा जानकारी गराउनको लागि भएको प्रधानले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement