जलपाईगढी: जलपाईगढीका मानिसहरूले आइतवार जलपाईगढी आर्ट ग्यालरीमा राज्य सरकारद्वारा प्रायोजित संगीत प्रदर्शनको विरूद्ध विरोध गरे। आरजी कर घटनाको निन्दा गर्दै आन्दोलनकारीले आज र्याली निकालेका छन्। अस्पताल परिसरबाट शुरु भएको र्याली विभिन्न मार्ग परिक्रमा गरेको थियो। यसैबीच र्यालीमा सहभागी आन्दोलनकारीलाई आर्ट ग्यालरी अगाडि ब्यारिकेड लगाएर रोकिएको थियो। आन्दोलनमा सहभागीहरुले ‘मलाई जलसा होइन न्याय चाहिएको छ’ भनेका थिए। साथै उनले मुख्यमन्त्रीको राजीनामा माग गरेका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




