भारतीय गोर्खा युवा शक्तिद्वारा दार्जिलिङको लेबोङ कार्ट रोडमा सफाई अभियान सम्पन्न

photocollage_2024818184728961

दार्जिलिङ: भारतीय गोर्खा युवा शक्तिले समाज सेवाको एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै दार्जिलिङको लेबोङ कार्ट रोडमा एक व्यापक सफाई अभियान सम्पन्न गरेको छ। यो अभियान संगठनका केन्द्रीय अध्यक्ष अमृत योञ्जनको विशेष पहलमा सम्पन्न भएको थियो, जसले समाजमा सफाई र स्वच्छताका महत्त्वबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ।
अभियानको मुख्य उद्देश्य वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन र समुदायमा सकरात्मक परिवर्तन ल्याउनु थियो। यस अभियानमा स्थानीय बासिन्दाहरू, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरू र युवाहरूको उल्लेखनीय सहभागिता रहेको बताइएको छ। यसमा दार्जिलिङ नगरपालिकाद्वारा मैला फ्याँक्ने गाडी प्रदान गरिएको थियो। यस सफाई कार्यमा सहभागीहरूले बिहानैदेखि लेबोङ कार्ट रोडको विभिन्न भागमा सफाई गरेका थिए। सडकका दायाँ बायाँ रहेका फोहोर र प्लास्टिकजन्य वस्तुहरूलाई संकलन गरी उचित स्थानमा फालिए। यस अभियानले वातावरणीय स्वच्छता र समुदायमा सरसफाइको महत्त्वबारे जनचेतना फैलाउने प्रयास गर्ने भागोप्रयुश केन्द्रीय मूल सचिव सदीप प्रधानले बताएका छन्। कार्यक्रमको क्रममा अध्यक्ष अमृत योञ्जनले सफाई अभियानको महत्त्वबारे विस्तृत रूपमा सम्बोधन गरे। उनले सफाईलाई केवल शारीरिक क्रियाकलापको रूपमा नभएर मानसिक र सामाजिक स्वास्थ्यसँग जोडिएको महत्त्वपूर्ण पक्षको रूपमा पनि हेर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “हामीले हाम्रो वातावरणलाई सफा राख्न र यसलाई सुन्दर बनाउनुपर्ने दायित्वलाई गम्भीरताका साथ लिनुपर्छ। हाम्रो समुदायमा सफाईलाई प्राथमिकतामा राख्नु भनेको हाम्रो जीवनस्तरलाई उकास्नु हो। योञ्जनले यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने र भविष्यमा अझ धेरै समुदायलाई संलग्न गराउने प्रतिबद्धता जनाए। उनले युवाहरूलाई सामाजिक र वातावरणीय उत्तरदायित्व वहन गर्न प्रोत्साहित गर्दै भने, “हामीले आज देखाएको यो एकता र सहयोगको भावना नै हाम्रो समुदायको सुदृढ भविष्यको आधार हुनेछ।”
कार्यक्रममा दार्जिलिङ पिआरओ विज्ञान मिश्र, फुब छिरिङ पान्दाम समष्टिका अध्यक्ष निर्मल छेत्री, भागोप्रयुश उपाध्यक्ष निरेन लामा, प्रवक्ता अनित खाती साथै दार्जिलिङ महकुमा समिति युवा शक्ति उपाध्यक्ष प्रनिल सुब्बा, सदर १ समष्टिका जनसाधारण आदिको उपस्थिति रहको थियो अन्त्यमा, सहभागीहरूबीच सम्मानस्वरूप धन्यवाद गरियो र आगामी दिनहरूमा थप यस्ता अभियानहरू आयोजना गर्ने संकल्प पनि गरियो। भारतीय गोर्खा युवा शक्तिको यो पहलले दार्जिलिङको लेबोङ कार्ट रोडलाई सफा र सुन्दर बनाउनुका साथै समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement