एचए पढ्दै गरेकी किशोरी मृत फेला

IMG-20240818-WA0222

चोट पटक देखिएपछि अनुशन्धान गर्दै प्रहरी

झापा: कैलालीको धनगढी उपमहानगरपालिका–१, चकमेली चौकमा डेरा बसेर एचए अध्ययनरत एक किशोरी रविबार दिउँसो आफै कोठामा मृत फेला परेकी छिन्।
कञ्चनपुरको बेलौरी नगरपालिका घर भएकी १९ वर्षीया आस्था थापा मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थापा आफू बस्ने कोठाको झ्यालको ग्रीलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
अहिले थापाको शव उठाइएको छैन। मृतकको शरीरमा घाउ, चोट देखिएकाले घट्ना शंकास्द देखिएको प्रहरीले जनाएको छ। उनी शैलेश्वरी स्कुल अफ हेल्थ साइन्समा एचए प्रथप वर्षमा अध्यनरत थिइन्। निकटस्थ स्रोतका अनुसार उनी प्रेम सम्बन्धमा पनि रहेको खुलेको छ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement