लंगभ्यु अम्बटे समष्टि अन्तर्गत रोहिणीमा भागोप्रमोको सभा

IMG-20240818-WA0220

खरसाङ: खरसाङको रोहिणी मार्चेबुङमा भागोप्रमो रोहिणी खण्ड समिति निर्माण गर्न बिचार बिमर्श गर्न हेतु एक सभा समष्टि अध्यक्ष मनिराज डुम्जनको सभापतित्वमा सम्पन्न भयो। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभामा समष्टि पर्यवेक्षक अनु प्रधान साथै समष्टि कार्यकारी सभासद कल्पना प्रधानको विशेष उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै समष्टि पर्यवेक्षक अनु प्रधानले विगतमा विकासको कार्य गर्दा संगठनसँग केही विचार विमर्श नगरी कार्य गर्ने हुँदा संगठनको धरातल कमजोर भएको जनाइन्। उनले अब रोहिणी खण्ड समिति निर्माण गर्दा पार्टीको माथिको तहबाट कसैलाई नचुनेर सबैसँग विचार विमर्श गरेर नै राम्रो खण्ड समिति निर्माण हुने अनि पार्टी अध्यक्ष अनित थापाको हात बलियो बनाउन हो भने गाउँ गाउँमा संगठनलाई बलियो बनाउन पर्ने मत पनि जनाइन्। समष्टि कार्यकारी सभासद कल्पना प्रधानले रोहिणी खण्ड समिति निर्माण गर्दा सबै युनिटका प्रतिनिधिहरूलाई लिएर बलियो खण्ड समिति निर्माण गर्न सुझाव राखिन्। उनले आगामी दिनमा शाखाका सम्पूर्ण प्रतिनिधिहरूलाई लिएर स्वच्छ वातावरणमा रोहिणी खण्ड समिति गठन गर्न पर्ने मत पनि राखिन्। समष्टि अध्यक्ष मनिराज डुम्जनले रोहिणी क्षेत्र अन्तगर्त रहेको सम्पूर्ण शाखा समितिका प्रतिनिधिहरूको सर सल्लाह बमोजिम नै रोहिणीमा एउटा सिङ्गो खण्ड समिति निर्माण गरिने जनाए। आज सम्पन्न सभामा घैयाबारी तीन पंटञ्चायत प्रधान सुष्मा वाइबा, पञ्चायत सदस्य उमेश थापा, सपन थापा, पञ्चायत समिति सदस्य मौसम लामा, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार साथै रोहिणी क्षेत्रका समष्टि सदस्यगण साथै भातृत्व संगठनहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement