रूसमा शक्तिशाली भूकम्प: ज्वालामुखी विष्फोट

Earthquake-copy-1

रुसको पूर्वी तटमा ७.० म्याग्निच्युडको भूकम्प आएपछि एउटा ज्वालामुखी विस्फोट भएको छ। रूसको पूर्वी क्षेत्र कामचटकामा अवस्थित सिभलुच ज्वालामुखी विष्फोट भएको हो। यो ज्वालामुखी करिब १ लाख ८० हजार जनसंख्या भएको तटीय शहर पेट्रोपाभ्लोभस्क-कामचात्स्कीबाट करिब २ सय ८० माइल टाढा छ। ज्वालामुखीबाट उठेको खरानी समुद्र सतहबाट ८ किलोमिटर (५ माइल) सम्म उचाइमा पुगेको रूसको सरकारी समाचार एजेन्सी तासले आइतबार बिहान रिपोर्ट गरेको छ। युएस जियोलोजिकल सर्भे (युएसजीएस) का अनुसार भूकम्पको केन्द्र पेट्रोपाभ्लोभस्क-कामचाट्स्कीबाट करिब ५५ माइल टाढा थियो र यसको गहिराई करिब ३० माइल थियो। भूकम्पबाट कुनै ठूलो क्षति नभएको तासले रिपोर्ट गरेको छ। यद्यपि भवनहरूलाई अब सम्भावित क्षतिको लागि जाँच गरिँदैछ। रूसी आपतकालीन मन्त्रालयले भूकम्पका कारण सुनामीको चेतावनी जारी गरेको छैन। यसअघि, अमेरिकी सुनामी चेतावनी प्रणालीले यस भूकम्प पछि भूकम्पको इपिसेन्टरबाट ३०० किलोमिटर वरिपरिका तटीय क्षेत्रमा खतरनाक सुनामी छालहरू आउने सम्भावना भएको जनाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement