मालदामा भीषण सडक दुर्घटना, ६ जनाको मृत्यु

IMG-20240818-WA0158

मालदा: मालदामा एक भयानक र दर्दनाक सडक दुर्घटना भएको छ। इङ्गलिस बजार थाना क्षेत्रको गौराबाङ स्टेशन नजिकै राष्ट्रिय राजमार्गमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ। शनिबार राति सातजना जाइलो गाडीमा कालियाचकबाट मालदातर्फ आउँदै गरेको बताइएको छ। त्यसपछि राष्ट्रिय राजमार्गमा गौडबंगा स्टेशन नजिक जाइलो कार अनियन्त्रित भई लरीसँग ठोक्किएको हो। जसका कारण जाइलो कारको अगाडिको भागमा नराम्ररी क्षति पुगेको छ। खबर पाएलगत्तै राष्ट्रिय राजमार्ग प्राधिकरण र स्थानीय पुलिस चौकीको टोली घटनास्थलमा पुगेर रगत लतपतिएको अवस्थामा सातै जनालाई अस्पताल लगेको थियो। जसमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनाको मालदा मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ भने उनीहरुको अवस्था पनि नाजुक रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement