दुर्घटनामा एक युवक गम्भीर घाइते

IMG-20240818-WA0157

कोचबिहार: कोचबिहार जिल्लाको माथाभाङ्गाको ब्लक १ पचागढ ग्राम पञ्चायतको बेलतला पेट्रोल पम्पको छेउमा भएको सडक दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन्। मोटरसाइकल लिएर घर फर्कने क्रममा युवक दुर्घटनाको शिकार भएको बताइएको छ। उनको घर बेलतलामा छ, उनको नाम मिथुन बर्मन हो। उनलाई सडक छेउमा लडेको देखेर भीड जम्मा भयो, र स्थानीयले उद्धार गरी माथाभाङ्गा विभागीय अस्पताल पुर्याए। तर, युवकको अवस्था गम्भीर भएकाले चिकित्सकले प्राथमिक उपचारपछि अन्यत्र रिफर गरे। स्थानीय स्रोतका अनुसार मिथुन मोटरसाइकलमा माथाभाङ्गाबाट घर फर्कदै गर्दा बेलतलास्थित उनको घर नजिकै एउटा सानो चार चक्के गाडीले ठक्कर दिएको समाचार छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement