झापा: भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद खारेज हुनुपर्ने लगायतका माग राख्दै शनिबार काठमांडूमा प्रदर्शन गरिएको छ। प्रदर्शनका क्रममा युवाको समूह र प्रहरीबिच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनरत युवाबिच धकेलाधकेल भई झडपको स्थितिमा पुगेको थियो।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




