सोलुखुम्बुको थामेमा २ हिमताल फुटेपछि बाढी आएको पुष्टि

IMG-20240818-WA0102

झापा: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ। सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो।
राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो। त्यस क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेको पाइएको अवलोकनमा गएकाहरुलाई उधृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन्। ‘५ वटा हिमताल रहेकामा २ वटा फुटेको र २ वटा अझै जोखिममा रहेको उनिहरुले बताएका छन्’, पाण्डेले भनिन्।
गाउँपालिका अध्यक्ष मिङ्मा छरि शेर्पाले भने अरु तालको जोखिम नदेखिएको बताए। ‘तल्लो क्षेत्रमा अझै बाढी आउने हो कि भन्ने डर छ तर त्यस्तो देखिएन’, उनले भने। बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको छ।राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने अवलोकनमा गएको टोली फर्केपछि विस्तृत जानकारी दिन सकिने बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement