नेपाली साहित्य परिषदले पाल्न गर्ने भाषा मान्यता दिवस

IMG-20240717-WA0001

गान्तोक: नेपाली साहित्य परिषदले आगामी २० अगस्तमा ३३औं भाषा मान्यता दिवस भव्यताकासाथ पालन गर्नेभएको छ। आज राजधानीस्थित जर्नलिस्ट युनियनको कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै परिषदका अध्यक्ष हरि ढुङ्गेल, महासचिव निलम न्यौपाने अनि संस्कृति सचिव गणेश ढुङ्गेलले उक्त कुराको जानकारी गराएका हुन्।
नेपाली भाषाले संविधानको आठौँ अनुसूचिमा मान्यता पाएपछि परिषदले निरन्तररूपमा भाषा मान्यता दिवस पालन गर्दै आइरहेको र यसलाई यथावत राख्ने बताएका छन्। उक्त कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित हुने उनीहरूले जानकारी गराए।
यसरी नै प्रतिवर्ष प्रदान गरिने कञ्चनजङ्घा मित्रसेन स्मृति पुरस्कार यसपाली संगीत विधामा दिने समितिले निर्णय लिँदै दार्जीलिङका ख्यातिप्राप्त संगीतकार बसन्त छेत्रीलाई उक्त पुरस्कारले अलंकरण गर्ने थप जानकारी गराए। यसरी नै प्रेमलाल स्मृति शैक्षिक पुरस्कार केशव दाहाललाई प्रदान गरिने उनले बताए। नेपाली भाषाले संविधानको आठौं अनूसुचिमा मान्यता पाएको दिन २० अगस्तलाई वर्तमान सरकारले सरकारी विदाको रूपमा घोषणा गरेर सबै नेपाली भाषीहरूको शीर ठाड़ो गरेको साथै उक्त दिनलाई पर्व सरह सबैले पालन गरून् भन्ने हेतुले नै विदा घोषणा गरिएको हुँदा सो कार्यक्रममा उनले सरकारी अधिकारी अनि कर्मचारीहरूले पनि उपस्थित जनाउन सक्ने बताए। यसकासाथै उक्त दिनलाई वृहत पर्व सरह पालन गर्न सबै नेपाली भाषीहरूको दायित्व रहेको जानकारी गराए। योसँगै संवैधानिक मान्यतापछि नेपाली भाषाको अवस्थामाथि वार्ता पनि प्रस्तुत गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement