अनुत्पादक भूमि कृषियोग्य बनाउने अभियानले लियो गति

IMG-20240817-WA0290

पाकिम: पाकिम जिल्ला प्रशासनले शुरु गरेको बाँझो जमीनलाई कृषियोग्य क्षेत्र बनाउने अभियानले रफ्तार पक्रेको छ। यसअन्तर्गत अधिकारीहरुको एक टोलीले यस्ता अनुत्पादक भूमिलाई उर्वर जमीनको रुपमा रूपान्तरण गर्न अभियानलाई थप तीव्रता दिँदै आज विभिन्न ग्राम पन्चायत एकाईहरुको भ्रमण गऱ्यो। टोलीले यस दिशामा सक्रिय रुपमा कार्य गर्न स्थानीय निकायका अधिकारीहरु, वरिष्ठ नागरिकहरु र कृषि जानिफकारहरुलाई पनि संलग्न गराउँदै आएको छ। टोलीले सरकारको ग्रामीण विकास विभाग, कृषि, बागवानी, पशुपालन, सहकारिता, सिँचाइ र वन विभागहरूबीच पनि समन्वय राखेर अभियानलाई रफ्तार दिँदै आएको छ। प्रत्येकको सहकार्यले माटोको उर्वराशक्ति सुधार गर्न, पानी संरक्षण प्रविधिहरू लागू गर्न र स्थानीय कृषकहरु जीविकोपार्जनतिर प्रेरित गर्न सहयोगसिद्ध भएको भनाइ छ। यसपल्टको टोलीको नेतृत्व पाकिमका जिल्लाका अतिरिक्त जिल्लापाल रविन सेवाले गरे। टोलीमा कृषि तथा बागवानी विभाग, पशुपालन कार्यालय, जिल्ला पञ्चायतहरू, पञ्चायत सदस्यहरू, ग्राम विकास केन्द्रका अधिकारीहरू र कर्मचारीहरूको बाक्लो सहभागिता थिए। रिनाक र रंगेली क्षेत्रअन्तर्गतका ग्राम पञ्चायत एकाईको भ्रमण गरिएको थियो। वागवानी अधिकारी रेबिका गुरुङले लक्षित बाँझो जमीनहरुको स्थितिबारे जानकारी गराइन्। अतिरिक्त जिल्लापाल सेवाले प्रत्येक ग्राम पञ्चायत एकाईले अनुत्पादक जमीनलाई चयनित गरि कृषि र बागवानी उत्पादनमा वृद्धि गर्ने सहकार्यमा सहयोग गर्ने अपील गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement