घरमै गृहिणीको मृतदेह

IMG-20240717-WA0001

खोरीबारी: घरायसी झगडापछि घरबाटै गृहिणीको लाश फेला परेको छ। यो खोरीबारी गाजीजोतको घटना हो। मृतकको नाम गीता सिंह हो। बताइन्छ कि १० वर्षअघि गाजी जोतका बापी महन्तको विवाह गीता सिंहसँग भएको थियो। उनका ३ सन्तान छन्। विवाहपछि लोग्नेले रक्सी पिएर श्रीमतीलाई कुट्ने गरेको आरोप छ। जबरजस्ती करणीको आरोपमा बापी यसअघि पनि जेल परिसकेका छन्। शनिबार बिहान फेरि श्रीमतीलाई कुटपिट गरेको आरोप छ। केही समयपछि घरभित्रबाट गीताको लाश फेला परेको थियो। खबर पाएलगत्तै खोरीबारी पुलिस घटनास्थलमा पुगेर लाश बरामद गरी पुलिस थानामा ल्याएको थियो। लाशलाई भोलि पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाइनेछ। मृतककी आमाले घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन्। यहाँ खोरिबारी पुलिस थानाले अनुसन्धानपछि आरोपित श्रीमानलाई पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement